काठमाडौँ, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको बैठकको विषय भने खुलाइएको छैन ।
बैठकमा संघीय संसदमा भैरहेको अवरोध र अमेरिकी सहयोग एमसीसीबारेमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ ।
एमालेको अवरोधका कारण संसदको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । यस्तै संसदमा दर्ता भएको एमसीसी सम्झौताबारेमा छलफल हुन सकेको छैन । एमसीसी सम्झौताका बारेमा विवाद छ ।