सुनको मूल्य ४ सय बढ्यो

२०८० फाल्गुन ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,७ फागुन । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने सोमबार १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

पछिल्ला केही दिन सुनको मूल्य उकालो लागिरहेको छ । यसअघि शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने बिहीबार १ लाख १६ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने सोमबार घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ४३० रुपैयाँ रहेको चाँदी आज १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय