कालीगण्डकी गाउँपालिकाद्वारा दादुरा र रूबेलाको खोप प्रदान गरिने

२०८० फाल्गुन १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशान भट्टराई
स्याङ्जा,१६ फागुन । कालीगण्डकी गाउँपालिका, स्याङ्गजाद्वारा पालिकास्तरिय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रव्यापी रुपमा संचालन भैरहेको दादुरा र रुबेला खोप अभियान २०८०र८१ अन्तर्गत संचालन भएको पालिकास्तरिय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रमले खोप अभियानलाइ सफल बनाउन समितिले निर्वाह गर्नु पर्ने भूमिकाको बारेमा चर्चा गरेको थियो।

समाजक विभिन्न सामाजिक संस्थाका प्रमुख , कालिगण्डकी गाउँपालिकाका जनप्रतिनिधिहरु , शिक्षकहरु , स्वास्थ्यकर्मीहरु , स्थानीय संचारकर्मी लगायतलाई संलग्न गरि बनाइएको कालिगण्डकी गाउँपालिकास्तरिय खोप समन्वय समितिको सहयोगमा कालिगण्डकी गाउँपालिकाले आगामी फागुन २१,२२ र २३ गते पालिका भित्र वार्ड नं १को चण्डी भञ्ज्याङ स्वास्थ्य चौकी , वार्ड नं २ को आलमदेवी स्वास्थ्य चौकी, वार्ड नं ३को वैघा आधारभूत स्वा. सेवा चौकी, वार्ड नं ४ को बिर्घा स्वास्थ्य चौकी, वार्ड नं ५ को बलाम आधारभूत स्वा सेवा चौकी, वार्ड नं ६ को श्रीकृष्ण गण्डकी स्वास्थ्य चौकी र वार्ड नं ७ को कालीगण्डकी अस्पतालको मातहतमा दादुरा र रुबेला खोप प्रदान गर्ने भएको छ।

९ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाइ लगाईने उक्त खोप सात प्रतिसत सुरक्षित भएको र पालिका भित्र रहेका सम्पूर्ण लक्षित बालबालिकालाई सतप्रतिशत खोप उपलब्ध गराउन कटिबद्ध रहेको जनाउनु हुन्छ, कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐकबहादुर थापा ,कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले विभिन्न समयमा कालीगण्डकी गाउँ पालिका आफ्ना जनतालाई विभिन्न प्रकारका खोपहरू उपलब्ध गराउने गरेको तर पछिल्लो समय खोपहरूको बारेमा गलत अफवाह फैलाउने गरेको जस्ले गर्दा आफ्ना सम्पूर्ण जनतालाई खोप उपलब्ध गराउन नसकिएको कुरा जानकारी गराउदै खोपको विषयमा फौलाईएको अफवाह न्युनिकरण गरेर यो पटक खोप अभियानलाई सफल बनाउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ।

उक्त कार्यक्रममा कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्य, प्रवत्ता कृष्ण बहादुर लामिछाने, सम्पूर्ण वडाका वार्ड सचिवहरु लगायत विभिन्न बुद्धिजीवी व्यक्तिहरू उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय