राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

२०७८ पुष १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमौली, १५ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ । गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै मन्त्री श्रेष्ठले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक समाजमा यस्ता पर्वले सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ वर्षलाई स्वागत गर्दै तमु समुदायले उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको छुट्टै सांस्कृतिक महत्व छ ।” मन्त्री श्रेष्ठले यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना जगाई समुन्नत राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय