कांग्रेस जनाताको लोकप्रिय पार्टी : केन्द्रीय सदस्य महर

२०७८ पुष १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैतडी, १६ पुस । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बिहीबार बैतडीको पाटनमा गरिएको छलफल कार्यक्रममा उहाँले कांग्रेस सधैँ जनताको हकहितका पक्षमा काम गर्दै उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनताको सबै अधिकार सुनिश्चित गर्न कांग्रेस सरकारले गर्छ, विश्वविद्यालयको सुरुआतदेखि विकास निर्माणका काम कांग्रेसको सरकारको पालामा भएका छन् ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्ट, जनप्रतिनिधि, नेता कार्यकर्ताको लगायतको उपस्थिति रहेको नेविसङ्घ बैतडीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कपिल केसीले जानकारी दिनुभयो ।

आयोगको अन्तक्र्रिया कार्यक्रम

आयोगले जिल्लाका सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, जनप्रतिनिधिसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । पाटनमा सम्पन्न उक्त कार्यक्रममा केन्द्र सरकारबाट आउने बजेटको कार्यान्वयन, योजना निर्माणको अवस्थाका बारेमा छलफल गरिएको छ । यसका साथै विशेष र समपूरक बजेट कार्यान्वयनबारे र अगामी दिनमा कस्तो किसिमका योजना राख्दा उपयुक्त हुन्छ भन्ने कुरामा पनि छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा विशेष गरेर पञ्चेश्वर परियोजना, पश्चिम सेती अगाडि बढाउनुपर्ने, पाटन–पञ्चेश्वर सडक, मध्यपहाडी लोकमार्गको स्तरोन्नति, महाकाली करिडोर तीव्ररुपमा निर्माण गर्नुपर्ने, बिओपी भवन, प्रहरी चौकी निर्माण गर्न भएको समस्या र गत असोज पहिलो साताको अविरल वर्षाका कारण भएको क्षति, महाकालीमा झोलुङ्गे पुल निर्माण, ठेकेदारका कारण योजना समयमै निर्माण नहुँने लगायतका बारेमा पनि छलफल भएको छ ।

कार्यक्रममा आयोगका उपाध्यक्ष डा पौडेलले योजना कसरी कार्यान्वयन कसरी भइरहेको छ भनेर अन्तक्र्रिया गरिएको जनाउँदै यहाँको आवश्यकतानुसार योजना राखिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको बजेट सबैका लागि समान हो, सबैको पहुँच पुग्ने गरी र सबै पक्षको सहभागितामा योजना लागू गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार