स्याङ्जा ,९ जेठ । स्याङ्जाको चापाकोट नगरपालिका वडा न ८ खोरिघाट स्थित कालिगण्डकी नदिको किनारमा एक मानिस मृत अवस्थामा फेला परेका छन ।
बुधबार दिउसो करिव ४ बजेको समयमा चापाकोट नगरपालिका ८ बस्ने ५१ बर्षिय हस्त बहादुर माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
लासलाई मुचुल्का गरि लास पोस्टमार्टमको लागि चापाकोट अस्पताल पठाइएको रानाले बताउनुभयो ।
मृत मान्छे मंगलबार कालिगण्डकी नदिमा माछा मार्छ जान्छु भनी जाल लिएर एक्लै हिडेकाे उनि मृत अवस्था फेला परेका छन ।भने मृतकको थप अनुसन्धान कार्य भइरहेको छ ।