स्याङ्जा , १४ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ आमडाडा स्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भारत मोतिहारी घर भई हाल स्याङ्जाको पुतलिबजार नगरपालिका वडा न १ मा डेरा गरि बस्ने ३५ बर्षिय सुनिल कुमार शाहको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
आइतबार साझ ८ बजे मोटरसाइकल करिब ३० मिटर तल खस्दा ग २० प ८५६१ नम्बर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।