नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम

२०८१ जेष्ठ २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पोखरा, २१ जेठ । नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ ।

पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे “अभ्यास मनसुन–४” यही जेठ १४ गतेबाट २० गतेसम्म १ हप्ता कार्यक्रम सञ्चालन गरेको हो ।

गणका क्या. उमङ्ग श्रेष्ठले पोखराका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु गरिएको जानकारी गराए । “अभ्यास मनसुन–४” मा प्राकृतिक विपतमा कसरी आफु, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्ने भन्ने विषयमा सचेतनात्मक कार्यक्रम गरिएको हो, उनले भने, ‘हामीले कार्यक्रम गरेको वडाका स्थानीय वासिन्दाहरुलाई समावेश गराई उनिहरुलाई विपदको दौरान ईप्रोभाईजेशन गरी बाढी तथा पहिरोमा प्रयोग गरिने सामाग्रीहरु रोप, पिकेट, कपडाबाट स्टेचर बनाउने तरिका, म्याट्रेसको प्रयोग गरि बोट बनाउने र बोतलको प्रयोग गरि लाईफ ज्याकेट बनाउने तरिकाहरुको बारेमा डेमो देखाउने र बनाउन सिकाइएको थियो । ’

यो बर्खाको समय भएको हुँदा बाढी तथा पहिरोबाट हुने जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी कक्षा तथा सचेतनामुलक जानकारीका कार्यक्रमहरु गणले गर्दै आएको र मनसुनजन्य विपद्को समयमा नेपाली सेनाले विपद व्यवस्थापनको दौरान गर्ने कार्यको बारेमा स्थानीयलाई जानकारी गराएको क्या.श्रेष्ठले बताउनुका साथै, हावा हुरी, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप आउन सक्ने सम्भावना उच्च भएको हुँदा मानविय जनधनको सुरक्षाको लागि पुर्व तयारीका कार्यक्रमहरु गणले गर्दै आएको उल्लेख गरे ।

क्या. श्रेष्ठका अनुसार, पोखरा महानगरपालिकाको वडा नं. १६ अर्मला, वडा नं. २५ हेम्जा, वडा नं. २४ पामे, वडा नं. २२ पुम्दीभुम्दी, वडा नं. २१ कृस्तिनाच्नेचौर र निर्मलपोखरीमा “अभ्यास मनसुन–४” गरिएको थियो ।

कार्यक्रममा आफूसँग भएका चिज विजहरुको प्रयोगबाट सुरक्षित बन्न, कोही दुर्घटनामा परि घाइते भएमा तत्काल प्राथमिक उपचार गरी जीवन सुरक्षित बनाउन र जनधनको सुरक्षाको लागि यो कार्यक्रमले विशेष भुमिका निर्वाह गर्ने स्थानीयहरुको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय