नेकपा एमाले वालिङ नगर कमिटीको अध्यक्षमा पुन : पौडेल

२०८१ असार ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ९ असार । नेकपा एमाले वालिङ नगर कमिटीको अध्यक्षमा पुन शोभाकान्त पौडेल निर्वाचित हुनुभएको छ । नगर कमिटीको अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएपनि अन्तिम समयमा सर्वसहमतिमा पौडेल अध्यक्षमा निर्वाचित हुुनुभएको हो । वालिङ नगर कमिटीको निर्वाचन अधिकृत मणीप्रसाद अर्यालले दिएको जानकारी अनुसार अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु सबै सर्वसहमतिमा टुङ्गिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा आनन्द पाठक, सहसचिवमा नमलाल डुम्रे र जैसरा रेग्मी निर्वाचित हुनुभएको छ । अध्यक्ष पौडेललाई आजै सपथ खुवाउने र अन्यलाई पछि सपथ सगै प्रमाणपत्र दिने कार्यक्रम तय भएको निर्वाचन अधिकृत अर्यालले बताउनुभयो । अध्यक्ष सहित पदाधिकारीका लागि एक—एक पद चाहिने भएपनि १२ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय