स्याङ्जा, ३० असार । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा पानीका दहमा डुबी दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ४ बस्ने नरेन्द्र्र बहादुर थापाको छोरीहरु १४ वर्षीय लक्ष्मी थापा र निजकी बहिनी १२ वर्षीय सुस्मिता थापा रहेकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभएकाे छ ।
दिदिबहिनी आइतबार दिउँसो दहमा मृत अवस्थामा फेला परेका हुन् । १४ वर्षीय लक्ष्मी थापा कक्षा ९ मा र निजकी बहिनी कक्षा ५ मा अध्यनरत रहेको प्रहरीले बताएको छ ।
मृतकहरु घरदेखि ५ सय मिटर टाढा रहेको पानी पधेरोमा नुहान र कपडा धुनका लागि गएका परिवारबाट खुल्न आएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।