स्याङ्जा, ४ माघ । जिल्लाबाट नेपाली काङ्ग्रेसले एक मात्रै प्रत्यक्ष चुनाव जितेको क्षेत्रमा पुगेर काङ्ग्रेस उपसभापति धनराज गुरुङले दिएको एक अभिव्यक्तिको विभिन्न टीकाटिप्पणी सुरुभएको छ ।
कुनै बेला काङ्ग्रेसको किल्ला मानिने स्याङ्जा जिल्ला काङ्ग्रेस भित्रकै नेताको अन्तर्घातका कारण कमजोर बन्दै गएको छ । संघीय निर्वाचन क्षेत्र दुई र प्रदेश चार निर्वाचन क्षेत्र मध्य एक मात्रै प्रदेश सभामा प्रत्येक्ष चुनाव जित्न सफल भएको थियो । त्यहीँ काङ्ग्रेसले प्रदेश सभामा चुनाव जितेको क्षेत्रमा पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङ चिल्ला गाडी चढ्नेलाई होइन जनताको मान्छे भए एमाले कांगेस माओवादी केन्द्र वा राप्रपा जोसुकैलाई भोट दिए हुन्छ। पार्टी नहेर्नुस व्यक्ती हेरेर भोट दिनुस भन्ने जस्ता अभिव्यक्ति दिएपछि उपसभापतिको टीका टिप्पणी सुरु भएको हो । पौष २६ गते चापाकोट नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रमश नेता गुरुङको यस्तो अभिव्यक्ति आएको हो ।
https://www.youtube.com/watch?v=l5E91TPtSEg