स्याङ्जा, ६ साउन । स्याङ्जाको पुतलीबजार नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ५ चौर बस्ने ३१ वर्षीय शुशिला कार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
कार्कीलाई आफ्नो बोईलर कुखुराको फर्म सफा गर्ने क्रममा दिउँसो करेन्ट लागेर घाईते हुनुभएको थियो ।
घाईते कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो । उहाँको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।