मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौं : मन्त्री गुरुङ

२०८१ श्रावण १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिनेकुराको अन्त्य गर्ने बताउनुभएको छ ।

सरकारले असार ३१ गते मन्त्रीपरिषद् बैठक बसेको २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने बताएको थियो । तर सरकारले लागू गर्न नसकेपछि सञ्चारकर्मीहरुले जिज्ञासा राख्नुभएको थियो ।

सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री गुरुङले नियममा, ओहदामा बस्नेहरूले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताउनुभयाे । उनले आगामी दिनमा सूचना चुहाउन नदिन सरकार लाग्ने बताए । मन्त्रीहरू, मुख्यसचिव, सहसचिव जसको माध्यमबाट भएपनि सूचना चुहुन नदिन उनले आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले सुरुका दिनमा केही समस्या भएपनि आगामी दिनमा समाधान गर्दै जाने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार