काठमाडौँ,३१ साउन । स्याङ्जाका ६ जना सहित किसान महासंघमा काङ्ग्रेसले २१६ जनालाई मनाेनित गरेकाे छ ।
स्याङ्जाबाट धुब्र प्रसाद पंगेनी , टंक गैरे ,पिताम्वर शर्मा, निर्मला लम्साल, फणि नारायण अर्याल, दिपक बहादुर राेकाय सहित २१६ जना मनाेनित भएका छन ।


सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयाे ।