गण्डकीमा १८६ जना कोरोना सङ्क्रमणमुक्त

२०७८ माघ १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गण्डकी, १० माघ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९४९ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालक केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

थपिनेमा कास्कीका ४५६, तनहुँका १००, लमजुङका ९६, पर्वतका ७८, स्याङ्जाका ७५ र म्याग्दीका ४९ जना छन् । त्यस्तै नवलपरासी पूर्वका ४७, गोरखाका ३५, बागलुङका नौ र मुस्ताङका चार जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या पाँच हजार ६२३ जना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय