बझाङ र जाजरकोटमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

२०८१ भाद्र ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,३ भदौ । बझाङ  र जाजरकोटमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बझाङको बुंगल नगरपालिका-१० टुमेडा बस्ने ६२ वर्षीय बिर बहादुर धामीको घर गएराति अविरल वर्षाका कारण पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर सोही ठाउँ बस्ने ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृती धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको हो ।

पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरूको खोजी तथा उद्दारको गर्ने क्रममा चारै जनाको शव फेला परेको हो । साथै घरभित्र सुतिरहेका बिर बहादुर समेत ६ जना सामान्य घाइते भएका छन् ।

यसैगरी जाजरकोटको नलगाड नगरपालिका-२ डाँडागाउँ बस्ने लाल बहादुर परियारको अस्थाई टहरो सोमबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार