राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७% ब्याजदरमा गाडी कर्जा योजना

२०८१ भाद्र ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,६ भदौ । राष्ट्रिय वाणिज्य बैंकले नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राखेर ७.७७% ब्याजदरमा गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।

‘फेस्टिभ अफर अफ भेइकल लोन’ अन्तरगत बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम १ करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने बताइएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने  बैंकको भनाइ छ ।

 गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी(ईभी) को हकमा बढिमा ८० प्रतिशत र पेट्रोलरडिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ ।

बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना भदौ १ गतेदेखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले बताएको छ । यो योजना अन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन ।

निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुने पनि बैंकले बताएको छ ।  यो कर्जा सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने पनि बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय