लेखा समितिको बैठकमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल गर्ने

२०८१ भाद्र ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,९ भदौ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । सिंहदरवारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल गर्ने कार्यसूची छ ।

यसअघि समितिले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरू र उद्योगीहरुसँग समेत छलफल गरेको थियो ।

गत साउन १८ गते सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपूर्ति गरेको बिजुलीको टिओडी मिटरको डाटा माग गरेको थियो ।

विद्युत प्राधिकरणबाट प्राप्त टिओडी मिटरको डाटाको अध्धयनका आधारमा निष्कर्षमा पुग्न लागिएको समिति सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय