हेटौंडामा मन्त्री क्वाटरमा आगलागी

२०८१ भाद्र ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हेटौंडा, ९ भदौ । मकवानपुरको हेटौंडामा रहेको एकजना बागमती प्रदेशको मन्त्री क्वाटरमा आगलागी भएको छ ।

बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालीका वडा नम्बर ९ मा रहेको कार्यलयमा बिधुत सट भएर आगलागी भएको प्रहरीको भनाई छ । आगलागीबाट इन्भर्टर, पावर बक्स, कारपेट, वाईफाई राउटर लगाएतमा क्षती भएको प्रहरीको भनाई छ । आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय