स्याङ्जाका गैह्रेलाई राष्ट्रिय शिक्षा सम्मान

२०८१ आश्विन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
काठमाडौ,४ असोज । शिक्षा दिवसको अवसर पारेर स्याङ्जाका टंक प्रसाद गैह्रे लाई “राष्ट्रिय शिक्षा सम्मान २०८१” बाट सम्मान गरिएको छ ।

राष्ट्रिय प्रज्ञाप्रतिष्ठानमा बिहिवार एक समारोहको आयोजना गरेर उक्त पुरस्कर प्रदान गरिएको हो । प्रयास मञ्च नेपालले आयोजना गरेको उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनालले गैह्रेलाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।

नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्न गैह्रेले लामो समयदेखि खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो । स्याङ्जाको वालिङ् नगरपालिका १३ मा बुवा शिवलाल र आमा टीका कुमारीको कोखमा जन्मिनु भएका टंक गैह्रे हाल काठमाडौ स्कुल एण्ड कलेज अफ सेन्ट्रल स्टेटको प्रिन्सिपल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय