शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा 

२०८१ आश्विन ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पूजा खड्का
स्याङ्जा, ५ असोज । “समृद्धिका लागि सहकार्य” भन्ने मूल नाराका साथ २०७० साल असारमा सुरुवात भएको स्याङ्जा भिरकोट नगरपालिकाको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा  सम्पन्न भएको छ।

कार्यक्रम भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै उहाले सहकारी सम्बन्धी विविध घटना भएका शेयर सदस्य माथि समस्या परेका विषयलाई मध्यनजर गर्दै सञ्चालकहरु हेरेर संस्था कसरी चलेको छ ध्यान दिँदै अघि बढ्न सुझाब गर्नु भएको थियो। संस्थाले के गर्दै छ जानकारी लिन आवस्यक रहेको बताउँदै सचेत रहन सेयर सदस्य हरुलाई आग्रह गर्नुभएको थियो। त्यसैगरि सहकारीमा बोनस धेरै खोज्ने तर आवश्यक पर्दा ऋण लिन त्यहा नजाने गर्दा समस्या रहने बताउँदै आवश्यक परेमा ऋण पनि त्यहीबाट लिने गर्दा संस्था अघि बढ्न सहज हुन्छ भन्ने जानकारी उहाले गराउनुभएको थियो।

त्यसै गरी लायन्स क्लब सचिव इन्दिरा केसीले सञ्चालक मात्र खटिएर संस्था चल्न सक्दैन त्यसको लागि सेयर सदस्यको पनि हात रहन्छ भन्दै बदनामी कमाइरहेका विविध सहकारी हरुको तुलनामा शुभलक्ष्मी स्वच्छ रहेको जानकारी गराउँदै सबै जना इमान्दार भएर अघि बढे सबैलाई फाइदा हुन्छ र संस्था चलाउन सहज हुन्छ भन्ने जानकारी गराउनुभयो।

भिरकोट नेपाली कांग्रेसका नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) ले देश भरका सहकारीका विविध समस्या रहे पनि चुस्त प्रणालीमा रहेर अघि बढाएकोमा शुभलक्ष्मी सहकारी सञ्चालक समिति र कार्यरत सम्पूर्ण प्रति विशेष धन्यवाद ज्ञापन गर्दै संस्था स्वच्छ तवर मा अघि बढेको मा खुशी व्यक्त गर्नुभयो।

संविधान दिवसको दिन पारेर शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा रहेकोमा खुशी व्यक्त गर्दै भिरकोट पूर्व मेयर छायाराम खनालले स्वच्छ तवरबाट काम गरेमा समस्या नभै मुनाफा हुने जनाउँदै स्वच्छ र इमान्दार भएर अघि बढ्न अनुरोध गर्दै बार्षिक साधारण सभाको शुभकामना दिनुभयो।

आधारभूत नीति नियम अनुसार अघि बढ्न आवश्यक रहेको जानकारी गराउँदै संस्था स्वच्छ रुपमा अघि बढेकोमा खुशी व्यक्त गर्दै नगरपालिकाले पनि सहकारीहरुको राम्रोसँग नियमन गर्नु पर्ने विषयलाई उजागर गर्दै शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था पारदर्शी रहेको संस्थाको प्रतिवेदनले प्रस्तुत गरेको जिल्ला सहकारी संघका अध्यक्ष रवीन्द्र प्रसाद श्रेष्ठले जानकारी गराउनुभयो।

स्याङ्जा जिल्ला भर कार्य क्षेत्र रहेर अघि बढेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था महिला सशक्तिकरण र उद्यमशीलता को विकास गर्नका लागि गाउँ गाउँ मा सहकारी मोडेल को लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको र सहकारी एन अनुसार चलाउँदै लगिएको जिल्लाकै नमुना को रुपमा अघि बढेको र २८२ जना सदस्यको सक्रियता मा सुरुवात गरिएको लेख बहादुर केसी (किरण)ले जानकारी गराउनुभयो।

कार्यक्रममा भिरकोट लायन्स क्लबका अध्यक्ष ढाकाराम खनाल, नेकपा एमाले भिरकोटका अध्यक्ष हर्क बहादुर गुरुङ्ग, वालिङ्ग शाखा प्रमुख टीकाराम अधिकारी पूर्ण भिरकोट मेयर छायाराम खनाल, भिरकोट प्रवक्ता वडा नंबर एक का वडा अध्यक्ष दिपेन्द्र केसी,भिरकोट उद्योग बाणिज्य संघका अध्यक्ष जगदीश कोइराला, शेयर सदस्यहरु लगायत विविध बिबिध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

बन्द सत्रमा शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भक्त बहादुर केसीले प्रतिवेदन पढेर सुनाउनुभएको थियो भने संस्थालाई प्रभाबकारी बनाउन संस्थाको अनुशासनमा आँच आउन नदिई उत्तरदायी भूमिकामा अग्रसर रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यसैगरि प्रबंधक लेख बहादुर केसीले २०८०/८१ को आयव्यय को साथमा २०८१/८२ को बजेट प्रस्तुत गर्नुभएको थियो। जस् अन्तर्गत शुभलक्ष्मी बचत तथा ऋण सहकारी मा २०४३ जना सदस्य संख्या रहेको उक्त सहकारी मा सेयर पुँजी १ करोड ९८ लाख ६२ हजार ८ सय रहेको छ भने बचत मा २१ करोड २० लाख ८५ हजार ८ सय ९५ रुपया २२ पैसा रहेको छ। बचत मुनाफा अन्तर्गत ८९ लाख ७१ हजार ४ सय ३३ रुपया २१ पैसा रहेको छ। जसमा ऋणी को संख्या ४ सय ८३ जना रहेको छ भने कर्मचारी संख्या दस जना रहेको छ।

संस्थाका उपाध्यक्ष तारक बहादुर केसी ले शुभलक्ष्मी सहकारी नमुनाको रुपमा अघि बढेको जानकारी गराउनु भएको थियो भने वक्ताहरुले विविध संस्थामा भएको अपचलन का कारण देश मै समस्या भएको बताउँदै भिरकोट मा रहेको शभलक्ष्मी सहकारी संस्था स्वच्छ छवि बाट अघि बढेको छ । यसरी नै इमान्दार तवर बाट काम गर्दै अघि बढोस् सदस्यहरु लगायत ऋण लेन देन गर्ने लगायत सम्पूर्ण प्रति इमानदार भएर सरल र सहज बन्न सकोस भन्दै नमुनाको रुपमा अघि बढेको मा सफल रहोस् संस्थाको उद्धेश्य अनुरुप अघि बढोस् भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय