देशमा राष्ट्रिय विपत्ति, प्रमुखहरु सम्मान थाप्न ब्यस्त

२०८१ आश्विन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१३ असोज । अविरल बर्षाका कारण देशमा राष्ट्रिय बिपत्ति निम्तिएको बेला राष्ट्र प्रमुखहरु नै देश बाहिर रहेका छन् ।

देशमा बिपत्ति परेका बेला पुर्व निर्धारित कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपि शर्मा ओलि संयुक्त राष्ट्र संघको ७९ औं साधारणसभाका लागि संयुक्त राज्य अमेरिकामा जानुभएकाे छ  भने सरकारका मुख्य सचीव सम्मान थाप्न गृह जिल्लामा ब्यस्त हुनुहुन्छ ।

स्याङ्जाका सबै स्थानीय पालिकाको आयोजना वालिङमा भएको कार्यक्रम मुख्य सचीव एक नारायण अर्याल बधाई तथा सम्मान थाप्न पुग्नु भएको हो । यद्यपि झ्याप्लेखोला को पहिरोमा स्याङ्जाका तीन जनाको मृत्युले स्याङ्जा समेत शोकमा डुबेको छ । यसरी शोकमा डुबेको जिल्लामा सनिवार बिहान मुख्य सचीवलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय