सिंहदरबारको दक्षिण गेटबाट ६ जना पक्राउ

२०८१ आश्विन २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २० असोज । सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई प्रहरीले पक्राउ परेको छ ।

कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

उनीहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नेहरु मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार