बाढीपहिरो पीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग

२०८१ आश्विन २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

काठमाडौं,२३ भदौ । नुगा नेपालले आफ्नो सामाजिक उत्तरदायित्व बहनअन्तर्गत बाढीपहिरो पीडित राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आठ लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

व्यवसायमा मात्र सीमित नभई सामाजिक दायित्वअन्तर्गत नेपाल र नेपालीको दुःखमा सधैं हातेमालो गरेर अगाडि बढ्ने प्रणअनुसार उक्त सहयोग गरिएको नुगा नेपालका प्रवन्ध निर्देशक राजीव भण्डारीले जानकारी दिनुभयोे । उहाँले आगामी दिनमा पनि सामाजिक कार्यमा अग्रणी भूमिका खेल्ने बताउनुभयो ।

नुगा नेपाल कोरियास्थित नुगा मेडिकलको नेपाल विक्रेता हो । नुगा नेपालले आफ्नो अनुभव केन्द्रमार्फत निःशुल्क थेरापी दिँदै आएको छ ।

सहयोगपछि प्रधानमन्त्री ओलीले नुगा नेपाललाई धन्यबाद दिनभएको थियो । मुलुकका बिभिन्न जिल्लामा बाढी तथा पहिरो पीडित परिवारले सहयोग पर्खेको भन्दै नुगा लगायतका संस्थाले गरेको सहयोग एकद्धार प्रणालीबाट सम्बन्धित ठाउँमा जाने बताउँदै प्रधानमन्त्री ओलीले नुगा नेपालको प्रसंसा गरेको भण्डारीले जानकारी दिनुभयो ।

स्यांगजाको गल्यांग निवासी भण्डारीको नेतृत्वमा १३ वर्ष अगाढ़ी स्थापित स्वास्थ्य नेपाल अभियान अन्तर्गत उक्त संस्था द्वार सहयोग हस्तान्तरण कार्यक्रममा नुगा नेपालको लागि बिभिन्न स्थानमा डिलर रहेका संचालकको पनि सहभागिता थियो । नुगा नेपालले थर्मल थेरापी मेसिनबाट मुलुकभरका नेपालीहरुलाई निशुल्क स्वास्थ्य सेवा र परामर्श दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार