रवि आजै पक्राउ पर्ने, सीआईबीको टोली परिचालन

२०८१ कार्तिक २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ कात्तिक। रास्वपाका सभापति रवि लामिछाने शुक्रबार नै पक्राउ पर्ने भएका छन् । कास्की जिल्ला अदालतले उनीविरुद्ध सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ पर्ने भएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रविलाई पक्राउ गर्न खटिएको छ । रवि अहिले पार्टी कार्यालयमै छन्। वनस्थलीस्थित रास्वपा कार्यालयमा अहिले उनलाई पक्राउ गर्न प्रहरी तयारी अवस्थामा रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार