देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश

२०८१ कार्तिक ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ६ कार्तिक। सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश रोक्नुभएको छ । सभापति देउवाको असहमतिपछि नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गर्न खोजेको दल विभाजनसम्बन्धी अध्यादेशको भविष्य फेरि अन्योलमा परेको छ । सत्तारूढ कांग्रेसका सभापति देउवाको पूर्ण सहमति प्राप्त हुन नसकेपछि सो अध्यादेश अन्योलमा परेको बताइएको छ ।

सभापति देउवाले एकपछि अर्को गरी प्रतिपक्षी दलहरूलाई चिढ्याउन नहुने र रास्वपा सभापति रवि लामिछानेको गिरफ्तारीका कारण प्रतिपक्षी दलहरू चिढिएका बेला अध्यादेशले थप चिढिने मुख्य दुई कारण देखाएर अध्यादेश जारी गर्न तत्कालका लागि सहमति नदिनुभएको सभापति देउवानिकट नेताहरूले बताएका छन् । राजनीतिक दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याउने सम्बन्धमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच आइतबार साँझ लामो कुराकानी भएको थियो । अध्यादेश जारी गर्ने सम्बन्धमा देउवाले सहमति दिए सोमबार नै मन्त्रिपरिषद् बैठक राखेर त्यसलाई अघि बढाउने प्रधानमन्त्री ओलीको योजना थियो । तर, देउवाले पूर्ण सहमति नदिएपछि सोमबार साँझ साढे पाँच बजे बोलाइएको मन्त्रिपरिषद् बैठक नै स्थगित गरियो । यो समाचार अाजकाे हिमालय टाइम्समा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय