अपाङ्ग मैत्री बन्दै पालिका र संस्थाहरू

२०८१ मंसिर २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खडका
स्याङ्जा, २२ मंसिर । गण्डकी प्रदेशमा रहेका विविध पालिका भित्रका संस्थाले अपाङ्गता दिवसको अवसर पारेर अपाङ्गमैत्री सहजता स्वरुप ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएका छन् ।

३३ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसलाई ख्याल राख्दै नेपाल महिला सङ्ग पोखरा महानगर कार्य समितिले एक कार्यक्रम गरी १६ जना फरक क्षमता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको छ। कार्यक्रम मा नेपाल महिला सङ्घ पोखरा महानगरपालिकामा पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो।

त्यसै गरी स्याङ्जा जिल्ला भिरकोट नगरपालिका अपाङ्ग संघको आयोजनामा फरक क्षमता भएका ब्यक्तिहरुको लागि मौरीको गोला सहितको घार वितरण गरेको छ। केही समय अघि भिरकोटले परिवारले पनि फरक क्षमता भएका व्यक्तिलाई योगदान गर्नुपर्छ भन्दै बाख्राको पाठी अपाङ्ग व्यक्तिको नाम मा वितरण गरेर सम्बन्धित घर परिवारलाई रेखदेखको लागि अनुरोध गरेको थियो ।

त्यसै गरी गल्याङमा समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार भन्ने मूल नाराका साथ स्याङ्जा अपाङ्ग समाज जिल्ला कार्यसमितिको आयोजनामा सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा २३ जना फरक क्षमता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसार सेतो छडी, ह्वील चियर, बेल्ट कम्बोड चीयर वितरण गरिएको थियो।

त्यसै गरी गल्याङ्गको भानुभक्त मा वि का बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि शैक्षिक सामग्री वितरण गरिएको थियो। साथमा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो। त्यसै गरी फेदीखोलाको कालाभैरव मा वि मा दृष्टिविहीन को लागि सेतो छडी र शैक्षिक सामग्री वितरण गरिएको थियो।

विभिन्न पालिकाले शारीरिक तथा मानसिक रुपमा समस्यामा रहेका फरक क्षमता भएका ब्यक्तिहरुको सहजताको लागि विविध कार्यक्रम गरी सकारात्मक ऊर्जा बढाउनको लागि र जिउने आधार खोज्दै सहजता थपेको देखिएको छ। यसरी नै समाजमा भएका समस्या आवश्यकता हेरिकन राज्यले व्यवस्था मिलाउँदै गएमा धेरै कार्य गर्न सक्छ। यसलाई लागि सरकार मात्र नभई व्यक्ति संस्था पनि उत्तिकै जिम्मेवार भएको देखिन्छ।

विविध क्षेत्रमा रहेर समाज मा भएका समस्या लाई उठान गर्दै समाधानको उपाय खोज्दै गए मा समस्या दूर गर्न सहज देखिन्छ। कहीं गरीब जेहेन्दार भनेर शैक्षिक सामग्री वितरण गरिएको छ । कहीं फरक क्षमता भनेर परिवार तथा व्यक्ति लाई आम्दानी को लागि मौरीको घार र बाख्राको पाठी वितरण गरिएको छ। कही मौसम अनुसार न्यानो कपडा वितरण गरिएको छ। यसरी विविध क्षेत्रमा रहेर विविध क्षेत्रमा देखिएका समस्या उठान गर्दै र समाधान को लागि मार्ग खोज्दै जादा सभ्य समाज र समृद्ध समाजको परिकल्पना गर्न बेर लाग्दैन ।

समाज तथा संस्थाले समस्यामा परेका विविध समस्या बाढी, पहिरो, अनाथ, सडक बालक, गरीब, जेहेन्दार, असक्त, वृद्ध भन्दै विविध क्षेत्रबाट विविध विषय मा समस्या उठान र समाधानको विकल्प निकाल्दै अघि बढेको छ। समाज विकास को लागि पनि यसरी वैकल्पिक बाटो तय गर्दै अघि बढ्दा समाजमा समृद्धि ल्याउन समय लाग्दैन भन्ने सन्देश अघि सारेको पाइन्छ। समाजमा नेतृत्व वर्ग भन्दा पनि समाजमा मानवीयता भएका व्यक्तिहरू अग्रसर रहेको देखिन्छ । हात मा हात र काँधमा काँध मिलाएर यसरी अघि बढेको खण्ड मा समाज वैकल्पिक बाटो सहित अघि बढ्न समय लाग्दैन ।

समाजका समस्या हेरिकन समाज सुधार र विकासको लागि प्रविधि मैत्री, बाल मैत्री, अपाङ्ग मैत्री, शिक्षा मैत्री सुधार मैत्री कानुन मैत्री रोजगार मैत्री युवा मैत्री बनाउनको लागि राज्य पनि कोशिश गरिरहेको पाइन्छ । नाम मात्रको मात्र नभई व्यवहार मै छुने गरी कार्य गर्न सकोस् भन्दै संस्था व्यक्तिको परोपकार मैत्री विचार र मानवीय मैत्री सोच प्रति उच्च प्रशंसा गर्दै बाकी लाई पनि परोपकार मैत्री तवरमा समाजमा रहन सक्ने बाताबरण रहिरहोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय