रविलाई आज वीरगन्ज ल्याइँदै

२०८१ मंसिर २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वीरगन्ज ,२४ मंसिर ।  वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सोमबार वीरगन्ज ल्याइँदैछ। सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानो पाइला सहकारीबाट करिब ८ करोड रुपैयाँ गएको खुलेको छ।

सहकारीको रकम हिनामिना प्रकरणमा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सोमबार हवाई मार्गबाट पोखराबाट काठमाडौं हुँदै बाराको सिमरा विमानस्थलमा  स्थलमार्ग हुँदै वीरगन्ज ल्याउन लागिएको हो।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट दिउँसो २:३० बजेको उडानबाट लामिछानेलाई सिमरा ल्याउन लागिएको खबर आफूहरूले पाएको रास्वपा पर्साका संयोजक हरि पन्तले जानकारी गराउनुभयाे।

यता पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पनि लामिछानेलाई सोमबार वीरगन्ज ल्याउने तयारी रहेको बताउनुभयाे । समय भने निश्चित नभएको उहाँले बताउनुभयाे । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने सोमबार बिहानै पोखराबाट वीरगन्ज ल्याइएको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय