सन्दिप बस्याल
काठमाडौ, २९ मंसिर । क्यान महासंघ गण्डकी प्रदेशको चौथो अधिवेशनबाट कृष्ण बस्याल सचीवमा निर्वाचन हुनुभएको छ । शनिबार तनहुँको मानहुँकोट रिसोर्टमा सम्पन्न अधिवेशनले गुणनिधी पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
जसको उपाध्यक्ष : वामदेव रिजाल, सह-सचिव : रुक्मागत भण्डारी बिस्वास, कोषाध्यक्ष : गंगाराम पौडेल र सदस्यहरुमा नारायण पौडेल र कृष्ण भुषालरहनु भएको छ । गण्डकी प्रदेश अन्तरगतका जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था बिधानमा उल्लेख छ ।