धनगढी,५ पुस। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गर्नुभएकाे छ । सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएकाे हाे ।
देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको उहाँले जिकिर गर्नुभयाे । तर अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको उहाको भनाइ छ ।