रवि सांसद पदबाट निलम्बित

२०८१ पुष ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ८ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित हुनुभएको छ । सोमबार संसद सचिवालयले लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको हो ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।

कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीसहित पत्र संघीय संसद सचिवालयलाई पठाएको थियो । पत्र प्राप्त भइसकेपछि सभामुख देवराज घिमिरेले पद निलम्बनमा परेको सूचना प्रकाशित गर्न आदेश गरेअनुसार सूचना प्रकाशित गरिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय