काठमाडौंमा एक दिने च्याउ मेला

२०८१ पुष १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १५ पुस । राष्ट्रिय च्याउ दिवसका अवसरका काठमाडौंमा एक दिने च्याउ मेला परिकार मेला आयोजना गरिएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालले सोमबार काठमाडौंको भृकुटिमण्डपमा च्याउ मेला आयोजना गरेको हो । सो मेलामा च्याउसँग सम्बन्धित करिव ४० वटा स्टल राखिएका थिए । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिएको संघले जनाएको छ ।

मेलामा पुगेका अवलोकनकर्ताले च्याउको परिकारको स्वाद लिदै बिभिन्न प्रकारका च्याउहरु खरिद समेत गरेका थिए । संघले पुस १५ गते राष्ट्रिय च्याउ दिवसका अवसरमा हरेक बर्ष च्याउ मेला परिकार मेला आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय