स्याङ्जामा लागू औषध तथा कुलतमा लागेका युवाका लागि मनोपरामर्श तथा प्रशिक्षण कार्यक्रम

२०८१ पुष १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति  अर्याल 

स्याङ्जा, १९ पुस । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जीवन वाटिका स्याङ्जाको समन्वयमा लागू औषध तथा कुलतमा लागेका युवाका लागि मनोपरामर्श तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । शुक्रबार स्याङ्जा बजारमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा लागुऔषधमा युवाहरु फसिनुको कारण, लागूऔषधबाट बच्ने उपाय, समाज र परिवारले लागूपदार्थ न्यूनिकरणको लागि खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण दिइएको थियो ।

जीवन वाटिका स्याङ्जाका अध्यक्ष समीर गुरुङले कुलतमा लागेका युवाका लागि व्यक्तिगत परामर्श, स्वास्थ्य शिक्षा, परिवारको भूमिका, सामाजिक सचेतना जस्ता विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सहभागी युवाहरुले कुलतबाट आफूहरु मुक्त भएको र समाजमा सामान्य जीवन बिताउन सकिने भन्दै आफ्नो जीवनको वास्तविक कथा सुनाएका थिए ।

उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले सामाजिक विकास कार्यालयले लागूऔषधमा लागेका युवालाई कुलतबाट मुक्त गराउन यो कार्यक्रम गरेको बताउनुभयो । त्यस्तै आगामी दिनमा कुलतमा फसेका युवालाई कला, सीप र क्षमताको विकाससँगै भावि जीवन सरल र सहज ढंगबाट बिताउनको लागि सचेतनासँगै परामर्श कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै जीवन वाटिका स्याङ्जाका संस्थापक अध्यक्ष नवीन अर्यालले युवाहरूलाई दुर्व्यसन र विकृतिबाट टाढा राख्दै कला, सीप र क्षमताको विकासमार्फत उनीहरूको जीवनलाई सहज र सरल बनाउन सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । कुलत विरुद्धका परामर्श र प्रशिक्षण कार्यक्रमले व्यक्तिगत मात्र होइन परिवार र समाजको समेत समृद्धिमा योगदान पुर्‍याउने हुँदा यस्ता कार्यक्रम निरन्तर रुपमा गरिनुपर्ने आयोजकले बताएको छ ।

उक्त कार्यक्रममा ८० जना युवाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय