क्रान्ति अर्याल
स्याङजा ,२२ पुस । स्याङ्जा जिल्ला मगर समुदायको सघन बस्ति रहेको जिल्ला मानिन्छ । पुर्खौदेखि यहाँ मगरहरु आफ्नो थाकथलो बनाई बसेको ईतिहास भेटिन्छ । तर पछिल्लो समय यी र यिनिहरुले बोल्ने भाषा युवापुस्ताले भुल्दै गएको अवस्थामा भाषा जोगाउनका लागि मगर भाषा प्रशिक्षण सुरु गरिएको छ । यो प्रशिक्षण स्याङ्जाको मगर भाषाको इतिहासमा सम्भवत पहिलोपटक आयोजना गरिएको १५ दिने मगर भाषा तथा अक्खा लिपि प्रशिक्षणको हो ।
भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना गरिएको गल्याङ प्रज्ञा प्रतिष्ठान गल्याङ तथा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको व्यवस्थापकीय संयोजन र नेपाल मगर संघ गल्याङ नगर समिति सहभागी उत्प्रेरकको रूपमा रहेर आयोजना गरिएको कार्यक्रमको आइतबार गल्याङ( ३, लामभित्ता स्थित मगर भवनको सभाहलमा गरिएको हो ।
गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरिएको मगर भाषा तथा अक्खा लिपि प्रशिक्षण कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची रहनुभएको थियोे ।
उक्त कार्यक्रममा बोल्दै बिखर्जीले यस्ता प्रशिक्षण कार्यक्रमहरूले मगर भाषाको अक्खा लिपिु को संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । त्यसैगरी गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डीकाप्रसाद भट्टराईले अक्खा लिपि मगर समुदायको मौलिक पहिचानको प्रतीक रहेकाले यस्ता प्रशिक्षण कार्यक्रमबाट लिपिलाई आधुनिक युगसँग जोड्न सहयोग पुर्याउने बताउनुभयो ।
त्यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानका भाषा विभाग प्रमुख कृष्णप्रसाद पौडेलले अक्खा लिपिको प्रयोगले मगर समुदायको मौलिकता र पहिचानलाई दिगो बनाउने हुँदा मगर समुदायको भाषा र लिपि बचाउन सामुदायिक एकता र सरकारी सहयोग अत्यावश्यक रहेकोे बताउनुभयो ।
त्यसैगरी गल्याङ नगरपालिका वडा नं.३ का अध्यक्ष एवम नगर प्रवक्ता कृष्णप्रसाद भट्टराईले अक्खा लिपि केवल लेखन प्रणाली मात्र नभइ मगर समुदायको मौलिक पहिचान भएको हुँदा नगरपालिकाले यसलाई जोगाउन आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पौष २२ गते बाट औपचारिक रूपमा प्रशिक्षण कक्षा सुरु हुने मगर भाषा तथा अक्खा लिपिको मुख्य प्रशिक्षकको रूपमा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य गुमबहादुर राना रहनुभएको छ ।
त्यस्तै उक्त कार्यक्रममा वडा नं. ३ का वडा सदस्य नारायणबहादुर थापा, नेपाल मगर संघका केन्द्रिय सचिव लोकेन्द्र तरामु मगर, नेपाल मगर संघ गल्याङका अध्यक्ष कुमार राना, भुतपुर्व सैनिक संघ गल्याङका अध्यक्ष सुवेदार चन्द्रबहादुर रखाली मगर, उपाध्यक्ष ओमबहादुर थापा मगर, नेपाल मगर संघ गल्याङका सचिव रेशम राना, सल्लाहकार चन्द्र राना, नेपाल मगर महिला संघ गल्याङका अध्यक्ष भेमला बराल, नेपाल मगर संघ स्याङ्जाका पुर्व सचिव तिर्थ कुमार थापा, नेपाल मगर संघ गल्याङ वडा नं ३ कार्य समितिका अध्यक्ष जैसिङ राना, नेपाल मगर महिला संघ स्याङ्जाका सदस्य बिन्दु थापा मगर, नेपाल मगर शिक्षक संघ स्याङ्जाका सचिव छवि राना मगर, भुतपुर्व सैनिक बोर्डिङ स्कुल गल्याङका अध्यक्ष सुवेदार यौ बहादुर राना मगर र पकवादी कृषि सहकारी संस्थाका प्रबन्धक गेमा थापा लगायतको उपस्थिति रहेको थियो ।
समुद्घाटन कार्यक्रमको संचालन गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिव युवाकवि मिलन समीरले गर्नुभएको थियो । स्वागत मन्तव्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य प्रेमबन्धु सुवेदीले गर्नुभएको थियोे भने धन्यवाद मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व सुर्यप्रसाद डुम्रेले गर्नुभएको थियो ।
थ्यग कभलत