भूकम्पले सोलुखुम्बुमा दुई घर भत्किए

२०८१ पुष २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सोलुखुम्बु ,२३ पुस । आज बिहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ ।  बिहान ६:५० बजे गएको शक्तिशाली भूकम्पका कारण थुलुङ दुधकोशी- ७ देउसा लुरुवा बस्ने ५० वर्षीय हर्कबहादुर खत्रीको दुई तले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

 त्यस्तै खुम्बुपासाङ ल्हामु गाउँपालिका- ५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुई तले घरमा पनि क्षति पुगेको प्रहरी टोली प्रहरी चौकी मुक्लीबाट घटनास्थलमा खटिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय