केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा : प्रचण्ड

२०८१ पुष २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् ।

पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताएका हुन् ।

बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रूपता कायम गरेको उल्लेख गर्दै उनले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुंगा बन्ने र यसले निरन्तरतामा क्रमभंग गरेको उनको भनाइ थियो ।

अर्को एक प्रसंगमा प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले देशकै आगामी मार्गचित्र स्पष्ट गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार