दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना

२०८१ पुष २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२६ पुस ।  दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७  पाँचकिलोमा दुर्घटना भएको छ।  दुर्घटनामा दुईजना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

बसमा ४० जना यात्रु सवार थिए। बसको ब्रेक फेल भएर भित्तामा पल्टिएको चालकले प्रहरीलाई जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय