रास्वपा कार्यकर्ताबाट वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपातको प्रयास

२०८१ माघ २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,२ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको प्रयास भएको छ। काठमाडौं जिल्ला अदालत परिसरमा उहाँमाथि हातपातको प्रयास भएको हो।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दाका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेकको आदेश आउने भएपछि अदालत परिसरमा भेला भएका रास्वपाका कार्यकर्ताहरूले त्रिपाठीमाथि हातपातको प्रयास गरेका हुन्।

सहकारी पीडितको पक्षबाट बहस गरेर बाहिर निस्कने क्रममा उहाँमाथि हातपातको प्रयास भएको बुझिएको छ। समर्थकहरूले हातपातको प्रयास गरेपछि उहाँलाई सुरक्षाकर्मीले जोगाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार