गल्याङमा रुखबाट लडेर एकको मृत्यु

२०८१ माघ ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ४ माघ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. -०२ घ्याङ्सिंङडाँडामा रुखबाट लडेर  एक जनाको मृत्यु भएको छ । बिहीबार अंन्दाजि १२;०० बजेको सम्यमा रुखबाट लडेर  एक जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा गल्याङ नगरपालिका २ घ्याङ्सिंङडाँडा बस्ने ६१ वर्षीय पोविसरा थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  उमेशलाल श्रेष्ठले जानकारी दिनुभयाे  ।

सूचना अधिकारी  श्रेष्ठका अनुसार थापा आफ्नै बारीमा रहेको गिधरीको रुखमा घाँस काट्ने क्रममा खसेर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि गल्याङ नगर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय