स्याङ्जामा एक तले कच्ची गोठ र परालको टौवामा आगोलागी

२०८१ माघ ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , ४ माघ । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४ मा एक तले कच्ची गोठ र परालको टौवामा आगोलागी भएको छ । शुक्रबार अन्दाजी ५ बजेको समयमा काठले बनाएको खरको छानो भएको एक तले कच्ची गोठ र गोठ नजिकै रहेको परालको टौवामा आगोलागी हो ।

हरिनाश गाउँपालिका वडा नं। (०४ कुलुङखोला बस्ने हेम बहादुर भुजेलको काठले बनाएको खरको छानो भएको एक तले कच्ची गोठ र गोठ नजिकै रहेको परालको टौवामा अन्दाजी २० भारी परालको कुडो पकाउने क्रममा अचानक आगोलागी हुँदा गोठ र टौवामा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।

मानबिय र चौपाया क्षति नभएको, आगो नियन्त्रणमा आएको छ भने अन्दाजी रु. ६०,००० (साठी हजार) को क्षति भएको प्रहरी जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय