पूजा खड्का
स्याङ्जा,५ माघ । आँधीखोला गाउँपालिका मा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । शुक्रबार आँधीखोला गाउँपालिका वडा नम्बर ५ कृषि स्थित कृषि ओहिया भित्री कच्ची सडक खण्डमा ओहीया तर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिप्पर सडक देखि अन्दाजी ५० मीटर तल खसेर दुर्घटना भएको हो।
टिप्परमा सवार पर्वत कुस्मा नगरपालिका १४ बस्ने वर्ष ३७ का चन्द्र बहादुर नेपालीको शनिबार बिहान एक बजे उपचारको क्रममा पोखराको गण्डकी अस्पताल मा मृत्यु भएको छ भने बाकी चार जना को पनि गण्डकी अस्पताल मा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरी प्रसाद पौडेलले जानकारी दिनुभयो।
सल्यानको सारदा नगरपालिका वडा नम्बर ७ बस्ने १५ वर्ष का हरु परियार को दुवै हात खुट्टा मा चोट लागेको सूचना अधिकारी ले जानकारी गराउनुभयो। त्यसै गरी स्याङ्जा जिल्ला आँधीखोला २ ओहिया बस्ने ३३ वर्ष का कमल नेपाली को दुवै हात खुट्टा मा चोट लागेको छ भने चितवन जिल्ला राप्ती नगरपालिका ६ बस्ने वर्ष ४१ का प्रकाश विक को टाउको र खुट्टा मा चोट लागेको छ त्यसै गरी सोही ठाउँ बस्ने वर्ष ४१ का सुमित्रा विक को टाउको र दुवै खुट्टा मा चोट लागि पोखरा गण्डकी अस्पताल मा उपचाररत रहेको सूचना अधिकारी पौडेल ले जानकारी गराउनुभयो।