स्याङ्जा, ८ माघ । चापाकोट नगरपालिका ८ दामाचौरमा मंगलबार बिहान आगलागी हुँदा एक लाख बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसार चापाकोट नगरपालिका ८ दामाचौर बस्ने देविलाल न्यौपानेको २ तले जस्ताको छानो भएको गोठमा आगलागी भएको हो ।
आगलागीबाट एक लाख पच्चीस हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
विद्युत्को तार सर्ट भई आगोलागी हुँदा गोठमा रहेको अन्दाजी १ सय भारी पराल जलेर जष्ट भएको छ ।
स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट मानविय र चौपाया क्षति नभएको प्रहरीले जनाएकाे छ ।