स्याङ्जा,११ माघ । टिउसन पढाउन बोलाएका शिक्षकले बिधालयमै विद्यार्थी माथी यौन दुराचार गरेका छन् ।
स्याङ्जाकाे एक बिधालयमा कार्यरत शिक्षक नरेश चौधरीले गत पौष २६ गते बिधालयमै बिहान करिब ६:३० बजेको समयमा आफ्नै बिधालयकि १५ बर्षिया बालिका माथी टिउसन पढाउन बोलाएर यौन दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।
पीडितको जाहेरीको आधारमा शिक्षक चौधरीलाई माघ १० गते पक्राउ गरेको प्रहरीले जनाएको छ । यौन दुराचार लगत्तै फरार रहेका शिक्षकलाई चितवन बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।