काठमाडौं, १६ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुुङको मुकुम्लुङमा उत्पन्न समस्या वार्ताबाट हल गरिनुपर्ने बताएका छन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले आज पत्रकार सम्मेलन गरी वार्ताको माध्यमबाट समस्या हल गरिनुपर्ने बताएका हुन् ।
‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ,’ भट्टराईले भनेका छन्, ‘परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सदभाव भडकिने खालका गतिविधिले कसैको हित गर्दैन ।’
वार्तामा बस्न आन्दोलन फिर्ता लिन र गिरफ्तार भएकाहरुको रिहा गर्न उनले माग राखेका छन् ।
‘यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफतार भएका व्यक्तिहरु रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्थ ागर्न माग गर्दै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।’