टिपरको ठक्करबाट बनेपामा पैदलयात्रीको मृत्यु

२०८१ माघ २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २३ माघ । काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

हाल नामथर, वतन खुल्न नसकेका अन्दाजी २५/२६ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका-१० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय