सुर्खेतमा प्याराग्लाइडिङ सुरु

२०७८ माघ २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वीरेन्द्रनगर,२३ माघ । सुर्खेतको आकाशमा प्याराग्लाइडिङ सुरु हुने भएको छ । आजदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१४ गढीदेखि वीरेन्द्रनगर–१ को देउती थानसम्म प्याराग्लाइडिङ गर्न लागिएको हो ।

आजदेखि वेलकम प्याराग्लाइडिङ प्रालि सुर्खेतले नियमित उडान सुरु गर्न लागेको छ । पोखराका प्याराग्लाइडिङ व्यवसायी सानुबाबु सुनुवार र प्रदेश उद्योग वाणिज्य महासङका अध्यक्ष पदमबहादुर शाहीको संयुक्त साझेदारीमा प्याराग्लाइडिङ सुरु गरिएको हो ।विसं २०७० देखि चार पटक सुर्खेतको आकाशमा प्याराग्लाइडिङ गरिए पनि दक्ष जनशक्ति अभावका कारण रोकिएको शाहीले जानकारी दिनुभयो ।

“पहिला पनि सुर्खेतमा प्याराग्लाइडिङ सुरु गरेका थियौँ, दक्ष जनशक्तिको अभावमा रोकिएको थियो”, अध्यक्ष शाहीले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङलाई निरन्तरता दिनेछौँ ।” आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङमा विशेष सहुलियतसहितको सेवालाई निरन्तरता दिन लागिएको उहाँको भनाइ थियो । निजी पर्यटन कम्पनीले बेलकमले टिकट बुकिङ खुला गरेको घोषणा गरेको छ । कर्णालीमा पर्यटन गतिविधि अगाडि बढाउन प्याराग्लाइडिङबाट गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमणका लागि फोटो र भिडियोसहित रु चार हजार ५०० कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय