केपी ओली कप फुटबल प्रतियोगिता त्रिभुवन आर्मी क्लब र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुने

२०८१ फाल्गुन १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १८ फागुन । केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार त्रिभुवन आर्मी क्लब र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुदैछ ।

खेल त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा साँझ साढे पाँच बजे सुरु हुने आयोजक राष्ट्रिय युवासंघ नेपालले जनाएको छ । आर्मीले संकटा क्लब र मछिन्द्रले आयोजक केपी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनलका लागि टीम तयार रहेको र उपाधी कव्जा गर्ने गरि खेल प्रदर्शन गर्ने दुवै टोलीको प्रशिक्षक र कप्तानले जनाएका छन् । फाइनल अघि आइतबार रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसीले मछिन्द्र क्लव बलियो देखिएपनि आर्मी क्लव पनि कमजोर नरहेको बताए । उनले फाइनल खेल उत्कृष्ट हुने उपाधी जित्ने दावी गर्नुभयाे ।

त्यस्तै त्रिभुवन आर्मी क्लबका कप्तान जिलेस्पी जंग कार्कीले लामो समयदेखिको तयारीले टीम फाइनल पुगेको भन्दै फाइनलका लागि उपाधी जित्ने गरि मैदान उत्रने उल्लेख गर्नुभयाे ।

त्यस्तै डिफेन्डीङ च्याम्पीयन मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले तेश्रो पटक उपाधी रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने जनाउनुभयाे । उपाधिका लागि आफ्नो टिम तयार रहेको र ९० मिनेटभित्रै गोल गरेर जीत हासिल गर्ने उहाँले बताउनुभयाे ।

त्यस्तै मछिन्द्रका कप्तान विशाल श्रेष्ठले फाइनलका लागि उत्साहित भएको भन्दै उपाधी जित्ने गरि मेहनत गरेको बताउनुभयाे ।

फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आइसकेको राष्ट्रिय युवासंघ नेपालका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिनुभयाे । खेलकुद क्षेत्रमा समस्या नभइ सम्भावना छ भन्ने कुरालाई उजागर गर्दै लगातार केपी ओली कप फुटबल आयोजना गरिएको उहाँले बताउनुभयाे ।

प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार