हुम्लामा माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु, चार घाइते

२०८१ फाल्गुन २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हुम्ला, २८ फागुन। हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्को पुरिएर एक जनाको मृत्यु भएको छ। यस्तै चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय नेत्रकला जैशी रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले जानकारी दिनुभयाे  ।

आज बिहान भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयलाई पत्रसहित जानकारी दिइसकिएको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय