नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित

२०८१ चैत्र २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ चैत। नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

शनिबार दाङको देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशलाई १ सय ९३ रनले पराजित गरेको हो । २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो ।मधेशका लागि दिपेश दासले सर्वाधिक ३१ रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन जोडेका थिए । जितसँगै पुलिसले खेलेको सबै ४ खेलमा नै अपराजित रहँदै ८ अंक बनाएको छ । पराजित मधेशको ३ खेलमा २ अंक रहेको छ ।

त्यस्तै शनिबार रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पनि लगाएतार चौथो जित निकालेको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७ दशमव १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट रहँदै सर्वाधिक १ सय १२ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कोशीले ४९ दशमल ३ ओभरमा २ सय ३० रन बनाएको थियो । चारै खेलमा पराजित कोशी अंकतालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय