श्री सिद्धार्थ सामुदायिक क्याम्पस फेदीखोलामा नेविसंघको सक्रियता र स्ववियु निर्वाचनमा उमेदवारी

२०८१ चैत्र ३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा,३ चैत । ”राष्ट्रियता, लोकतन्त्र ,समाजवाद र विद्यार्थी एकता हाम्रा आदर्श हुन ” भन्ने नारा सहित फेदीखोलाको श्री सिद्धार्थ सामुदायिक क्याम्पसमा नेविसंघले विद्यार्थी र समाजमा विविध सामाजिक तथा सचेतना कार्यक्रम अघि सार्दै सक्रियता पूर्वक अघि बढिरहेको छ।

यही चैत्र ५ गते हुने स्ववियु चुनावमा नेविसंघले शैलेश थापाको सभापति सहित विजय अधिकारी सचिव र सबिना जीसी कोषाध्यक्षका उमेदवार चयन गर्दै जेनिस रानाभाट,सन्तोषी खड्का सदस्य सहित समानुपातिक तर्फ समीक्षा पौडेल, सबिना भण्डारी, सजना थापा र बिशाखा सुबेदीलाई चुनावका लागि उम्मेदवारीमा अघि सारेको नेविसंघ फेदीखोला सभापति संदेश जिसीले जानकारी दिनुभयो।

हालमा नेविसंघ सभापतिका उमेदवार रहेका शैलेश थापाले मेरो अठोट यसपाली स्ववियु निर्वाचनमा नेविसंघलाई भोट भन्दै आफ्नो प्यानललाई जिताउन आग्रह गर्दै विद्यार्थी का हक हित र आवश्यकताको लागि आफूहरु सदा लागिपर्ने जानकारी गराउनुभएको थियो।

२०६४/६५ साल तिरको स्वबियु निर्वाचनमा श्री सिद्धार्थ सामुदायिक क्याम्पस फेदिखोलामा नेपाल विद्यार्थी संघले उम्मेद्बारी दिने विद्यार्थी नपाएको अवस्थामा अनेरास्ववियु र अखिल क्रान्तिकारी बिच मत बराबर भएर गोला प्रथा मार्फत दिपक अर्याल बिजयी हुनुभएको थियो।

त्यसपछिको स्वबियु निर्वाचनको सङ्घारमा ने.वि. संघले सभापतिको उमेदवारको रुपमा हाल फेदिखोला गा.पा. का पाटी सभापति महेन्द्र थापा बाहेक अरु सदस्य उमेदवार नै खडा गर्न सकेन । तर उक्त समय अखिल क्रान्तिकारीले गरेको तालाबन्दिका कारण स्ववियु निर्बाचन हुन पनि सकेन ।

त्यसपछि २०७३ फागुनमा भएको स्ववियु निर्बाचनमा ने.वि. संघले पुरै प्यानल दर्ता गर्यो । ने वि संघका तर्फबाट स्वबियु सभापती पदका उमेदवार स्व. रिमा क्षेत्रीलाइ २८ मत प्राप्त भयो भने अनेरास्ववियुका उमेदवार प्रतिस्ठा कार्कीलाई ९२ मत प्राप्त भएको थियो । उक्त चुनाबमा प्रतिस्ठा कार्की ६४ मतले अग्रस्थानमा रहेको र समानुपातिक तर्फ ने वि संघले एक सदस्यको रुपमा अनिल कार्की मात्र प्राप्त गरेको थियो ।

त्यसै गरी २०७९/१२/०५ गते भएको स्ववियु निर्बाचनमा ने वि संघको तर्फबाट बिजय अधिकारीको सभापतित्वमा दर्ता गरिएको प्यानलले शानदार मत प्राप्त गरेको थियो ।
साथै समानुपातिक तर्फ ४ जना सदस्य मध्ये अनेरास्ववियु बाट २ जना अमिसा गौतम र स्मृति कुवर ने. बि.संघबाट २ जना सदिक्षा पौडेल र नितेश महत बिजयी हुनु भएको थियो ।

त्यसै गरी २०७९ को स्वबियु चुनाबमा झिनो २/४ मतले उपबिजेता बनेको ने वि संघ यहि चैत्र ५ गते हुन गइरहेको स्वबियु निर्बाचनमा समेत पुरै प्यानलका साथ शैलेश थापाको नेतृत्वमा उम्मेद्बारी दर्ता गराएको छ र जितको नजिक पुगेको छ।

नेपाल विद्यार्थी संघ फेदिखोला ले विद्यार्थी र समाजका हरेक दुःख सुखमा सक्रियता देखाउदै आइरहेको नेविसंघ फेदीखोलाका पूर्व सभापती महेश खड्काले जानकारी दिनुभयो। खड्काले कार्यक्रममा बाढी पहिरो पिडितलाइ राहत, दुर्घटनामा परेका न्यून आयस्रोत भयका परिवारलाइ राहत, कोभिडको समयमा मास्क पञ्जा सेनिटाइजर बितरण तथा सचेतना मुलक कार्यक्रम, पर्यटकीय स्थल भालुपहाड तथा फेदिखोलाका विभिन्न ठाउहरु सरसफाइ कार्यक्रम, युवाहरु माझ दुर्ब्यसनी सम्बन्धी सचेतना कार्यक्रम,हिम शिखर युवा क्लब लाइ कुर्ची हस्तान्तरण जिल्ला कै एकमात्र बालगृहमा विभिन्न चरणमा विभिन्न सहयोग, देउसी भैलो कार्यक्रम गरि काला भैरव मा बि मा रहेका न्यून दृष्टी बिद्यार्थीहरु लाइ न्यानो कपडा तथा स्टेसनरी सामग्री बितरण गरेको जानकारी गराउनुभयो।

त्यसैगरी उहाले देउसी भैलो बाट सङ्कलित रकमबाट विभिन्न बिद्यालयहरु मा स्टेसनरी सामग्री बितरण, बार्षिक रुपमा स्व। रिमा स्मृति फुटबल खेलको आयोजना, सिदार्थमा बि तथा उच्च मा बि दुबै वटा बिधालयमा जय नेपाल स्व. रीमा क्षेत्री स्मृति अक्षयकोष स्थापना गरि गरिब, जेहेन्दार, उत्कृष्ट बिद्यार्थी साथै नाच बिधामा गरेर वार्षिक रुपमा छात्रावृत्ति बितरण, बिद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि बक्तृत्वकला प्रतियोगिता , बिद्यार्थी हकहितका लागि पालिका भित्रका बिधालयहरुमा बिद्यार्थी भेटघाट तथा सचेतता कार्यक्रम लगायत थुप्रै कामहरु गरिरहेको जानकारी गराउनुभयो।

त्यसै गरी फेदीखोला गाउँपालिकाका नेविसंघ सभापति संदेश जिसीले कलेज र समाजका लागि नेविसंघले विविध सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको र आउँदो दिनमा पनि विद्यार्थी र समाजको लागि आवश्यक सहयोग गर्दै अघि बढ्ने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय